३५. सपना

म संग एउटा यस्तो सपना छ
जुन सपना रातको क्षणिक निद्रामा
झुल्किएको सपना होइन
समयसंगको बलियो सम्झौतामा
कठिनले उभ्याएको सपना हो
उज्यालो घाम जस्तै हुन्छ
कहिल्यै नसिद्घनिे युग जस्तै हुन्छ
गासिएका छन् जहा उमङ्गहरु सुन्दर फूलको माला जस्तै
बनेका छन् जहा गोरेटोहरु मूलबाटो जस्तै
अग्लिएका छन् जहा चुरे पहाडहरु सगरमाथा जस्तै
यसरी जीवन्त बनेका सपनाहरु
निर्मल निश्चल नदी झैं बगेका हुन्छन्
मोती झैं अध्यारोमा चम्किएका हुन्छन्
दुनियामा साकार भएर उभिदिएका हुन्छन्
त्यसैले
फराकिलो विश्वासहरुको फाटमा
जोश र जागरसंग मौलिनेछ
आराम नपाएका जीवनहरुको वेदना
पखाली दिनेछ
सहारा नपाएका हातहरुको साहारा भैदिनेछ
मेरा सपनाहरु
नेपोलियनको भन्दा कुनै फरक छैन
गौतम बुद्घको भन्दा कुनै अन्तर छैन
महात्मा गान्धीको भन्दा कुनै भिन्न छैन
यस्तै कर्मठहरुको काधहरुमा
मलिलो मस्तिष्कहरुमा
उमार्ने चेष्टा गरिरहेछु सपनालाई
कालान्तरसम्म
त्यसैले मसंग भएको सपना
रातको क्षणिक नि द्रामा देखिएको सपना होइन
जीउदो मान्छेले उज्यालो पाउने सपना हो
घाम जस्तै हुन्छ
हिमाल जस्तै हुन्छ
कहिल्यै नसिद्घीने युग जस्तै हुन्छ ।

No comments: