४. युद्घ भित्र उभिएका बुद्घहरु

सर्वाङ्ग पुरिएर ठिहीले
कठाङ्ग्रिएको रात
हंगामा मच्चाएर युद्धले
प्रदुषित भएको परिवेश
जहा जिउने रहरहरु थुप्रै साचेर
कुरुक्षेत्रमा ओर्लिएका लडाकुहरु
काम्दा हुन् लुगलुग
मुटु छेड्ने सिरेटोले
र प्रतिक्षा गर्दा हुन्
अर्को दिनको न्यानो घाम अनि चुर्लुम्म डुब्दा हन्
सुनियोजित भविष्यको परिकल्पनामा
तर उनीहरु रणभूमिमा
लादिएका तैनाथ सिपाहीहरु
कुरिरहेछन् आदेशका अन्तिम घडीहरु
अजङ्गको युद्घपोत जस्तै
जसलाई देखेर
त्रासले हल्लिएका कातर मुटुहरुझै
भयभित हुदा हन्
आफैलाई योद्घा सम्झने वैरीहरु
यसरी जिउदै मृत्य अंगालेर
जुझारु समयको रुखो छातीमाथि
अणु परमाणुको सान्निध्यमा उभेर
पुकार्न बाध्य भएका छन् भातृत्व प्रेमले
ओम शान्ति
ओम शान्ति

युद्घभित्र उभिएका बुद्घहरु
दिनचर्या यहा भैसकेको छ
दंगा फसादमा जिउनु
रीत यहा बसिसकेको छ
प्रतिकुल मौसमहरु पिउनु
आचरण यहा बनिसकेको छ
पक्ष र विपक्षको गोरेटोहरु समात्नु
त्यसैले
सन्त्रस्त हुदैनन् महाकालको सवारले
किनभने कुशल खेलाडी भैसकेका छन्
खतराको
शंखनाद हुदैन युद्घको सामिप्यताले
किनभने कुशल नायक बनिसकेका छन्
द्वन्दको
तसर्थ
प्रश्न चिन्हका आकृतिहरु खडा गर्दै
अस्तित्वको देशमा
युद्घ विभीषिकाको विज्ञप्ती भएका छन्
निर्दोष मान्छेहरु
तर पर्वाह छैन कसैलाई
बरु उल्टै डस्न खोज्छन् गोमन सर्प झैं
मपाईंत्वको हिटलरहरु
बरु उल्टै मौका छोप्न खोज्छन् साधु बिरालो झैं
प्रतिघातका जुडासहरु ।
उठ
जाग
युद्घ भित्र उभिएका
ए बुद्घहरु हो
जन्मन सक्छ अवश्य
तिमी उभिएको भूमिमा पनि अर्को बुद्घ
उदाउन सक्छ अवश्य
तिमीभित्रको अध्यारोमा पनि अर्को घाम
र फुल्नेछन् असख्यौ विश्वासका फूलहरु
अनि पूर्णविराम हुनेछन् अविराम युद्धहरु
त्यसैले
सम्झौताका पत्रहरुमा
बन्धुत्वको हस्ताक्षर गर
र उडाउ शान्तिका सेता परेवाहरु
भूल हुन नदेऊ
ननिम्त्याऊ विध्वंसका क्षणहरु
यसरी जिउदै मृत्यु अंगालेर
जुझारु समयको रुखो छातीमाथि
अणु परमाणुको सान्निध्यमा उभेर
पुकार्न बाध्य भएका छन् भातृत्व प्रेमले
ओम शान्ति
ओम शान्ति
युद्घभित्र उभिएका बुद्घहरु

No comments: