जिन्दगीको महासागरमा
समयको डुङ्गा चढेर
हुइकिरहेछौं हामी नाघेर अनेकौं छालहरु
बटुल्दै छौं हामी तलासीको अनेकौ पलहरु
र धकेल्दै छौं भविष्यको सुदूर आगनतिर
जहा उत्तारचढाव छ महासागरको
जहा सम्भावना छ आधीवेरीको
सजिलो छैन तिनीहरुको सामना
डुङ्गामाथिको यात्रु भएपछि
व्यवधानको उपस्थितिलाई व्यहोर्दै जानु
कर्तव्यलाई कर्तव्यनिष्ठ भएर निभाउ“दै जानु
भूमिका हुन्छ सबैको
यहा आपतविपदमा टर्छन् कति बसन्तहरु
यहा आफैभित्र पर्छन् कति ज्वारभाटाहरु
यही आरोह अवरोह पार गर्नु नै त
उपलब्धी रहेछन् यात्राको
तर थुप्रै क्षणहरु गुजार्दा पनि
देखिएका छैनन् कुनै अर्को ठाउको निशानी
भेटिएका छैनन् कुनै अर्को क्षितिजको बिसौनी
लाग्दो हो समयको डुङ्गामा चढ्ने
प्रत्येक यात्रुहरुलाई
अब त नजिकिनुपर्ने हो गन्तव्य
तर यहा लम्बिरहेका छन् विना सूचना यात्राका दूरीहरु
कुनै सार्थक आभासहरु छैनन्
केवल
अनुभूति मात्र संगालिरहेछौं टाढा पुगेको
जीवन गतिलाई मात्र अंगालिरहछौं आशाको
समयको डुङ्गा
भोलि कहा पुग्ने हो थाहा छैन
के हुने हो थाहा छैन
तर पनि महासागरको किनारासम्म पुग्ने
अठोट बाधेर
अभिभारा बोकेका छौं-डुङ्गा चढ्नुको
त्यसैले त हामी माझी मात्र भएका छौं-समय खियाउनुको
No comments:
Post a Comment