१९. मान्छे आडम्वरी हुन सक्छ

सेवामा
श्रद्घाले शिर झुकाएर
कसैले पाउ छुन्छ भने
अथवा
निश्वार्थ प्रेमले ओतप्रोत भएर
सच्चा हृदय कसैले देखाउछ भने
सायद कोही नहोला
यस जगतमा
प्रश्न चिन्ह खडा गर्ने
किनकी भावनाको पुल हो विश्वास
तर प्रिय जनहरु
क्षणभर मै आत्मा विश्वास
पैचो नदिनु होला आफन्त सम्झेर
हरदम यहा झुक्नुमा
खोक्रो आश्वासनको आडम्वर मात्र हुन सक्छ
आश्वासनको आकर्ष नृत्य मात्र हुन सक्छ
त्यसैले यहा अक्सर मान्छेहरु
प्रतिघात उमार्ने गर्छन् विवेक छरेर
चोखो सम्झने गर्छन् समाजमा कलुषित भएर
अहिंसावादी भन्ने गर्छन् नेपथ्यमा नरसंहार अपनाएर
सावधान
अवसरको घुम्टो ओढेर
समाजमा बहुरुपी बन्नेहरुसंग
बाहिर राम राम बगलीमा छुरा लिनेहरुसंग
अब यहा क्षणहरु छैन विलखवन्दमा पर्ने
बाल्नु पर्छ सबैले उज्यालाका दीपहरु
गाउनु पर्छ सबैले स्वतन्त्रताका गीतहरु
तोड्नु पर्छ सबैले उत्पीडनका पर्खालहरु
यदि असमर्थ भइयो भने
अजङ्गको सिंह बन्न सक्छन् स्यालहरु
त्यसैले कुनै सिमा छैन आजभोलि विश्वासको
नाघिसकेका छन्/कुल्चिसकेका छन्
सत्यताका बाधहरु
होशियार
अन्तरालको पहाड उभेको हुन सक्छ भावनामा
जोखिम पाइलाहरु उचालेका हुन सक्छन् आश्वासनमा
मानवता नमौलाएर उजाड बन्न सक्छ धरतीमा
त्यसैले हेक्कालिनु हुदैन
मान्छे आडम्वरी हुन सक्छ विश्वासमा ।

No comments: